ललितपुर । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्वीर वा भनाइ बिरामीसँग मञ्जुरी नलिई समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।
‘चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन,’ काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने ।
रजिष्ट्रार डा अधिकारीले भने, ‘कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइनेछ ।’
सो नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए ।


















