काठमाडाैं । काठमाडाैं महानगरपालिकामा नेकपा एमाले पार्टीकाे १६ वडा स्तरीय भेलाबाट पुनकमिटी गठन मदर ब्याक्वेटमा श्रावण १३ गते शनिबार सम्पन्न भएकाे छ ।
नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) काठमाडौं महानगरपालिका बोर्डका कृष्ण थापाकाे अध्यक्षता भएकाे कार्यक्रममा नेकपा (एमाले) को पोलिटब्यूराे सदस्य एवम् काठमाडौं महानगरपालिका इन्चार्ज तथा संविधान सभा सदस्य रामेश्वर फुयालले पुष्प लालका तीन `स´ अर्थात सिद्धान्त, संगठन, संघर्षबारेमा चर्चा गरे ।
पूर्व प्रधानमन्त्री एवम् राजनेता केपि शर्मा ओलीले थप्नु भएकाे चाैथाे `स´ मा अर्थात यी चार स सिद्रान्तमा आधारित रहेर कार्य गर्न सम्पुर्ण जनसंगठनहरूलाइ काँधमा राखी महानगर भित्रका १८ वटै जनसंगठनहरुमा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) काे साथ रहने जनाउँदै संगठन मार्फत प्राप्त गरेर माउरीले जसरी ल्याएको ज्ञानलाई नेकपा (एमाले) ले मह जस्तै जनतालाई बाँध्नको लागि प्रतिबद्ध रहेको जनाए ।
भुपु राष्ट्र सेवकको रुपमा जुन रफ्तारमा अघि बढेको छ त्यसरिनै आफ्नो उद्दश्यपुर्तिकाे लागि आफुले पाएको तालिमबाट देश रुपान्तरणको बाटो बाध्ने, नमुना रुपि कार्यहरु सम्पन्न गर्न सम्पुर्ण एकजूट भई यस महान् अभियानमा जोडिन संगठनका केन्द्रिय अध्यक्ष बिनोद पाण्डे प्रमुख अतिथ्यले आह्वान गरेका थिए ।
उक्त भेला बैठकबाट भरत थापाको अध्यक्षतामा उपाध्यक्ष टिकाराम दुरी, सचिव सिजुन थापा, कोषाअध्यक्ष वखत थापा सहित ११ सदस्यीय कमिटी पुर्नगठन भएकाे छ ।



















