बस्दै नबसी प्रतिनिधि सभाको बैठक स्थगित

48
k|ltlglw;ef a}7s sf7df8f}F, ! c;f/ M ;ª3Lo ;+;b ejg gofFafg]Zj/df a'waf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuL ;f+;b . tl:a/M rG›snf If]qL÷/f;;

सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको हो ।

यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले)ले बैठक अवरुद्ध गरेको थियो ।

सदन खुलाउन सोमबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले अगाडि बढाएका महत्त्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो ।

छलफलमा नेपाली कांग्रेस मुख्य सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here