नेपालले एसियाली खेलकुद प्रतियोगितामा २९ खेलमा भाग लिँदै

49

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले एसियाली खेलकुदको अभ्यासबारे जानकारी लिएका छन् ।

चीनको हाङझाउ सहरमा आगामी असोज ६ गतेदेखि सुरु हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीले गरेको अभ्यासबारे मन्त्री लिम्बूले आज जानकारी लिएका हुन् ।

एसियाली खेलकुद प्रतियोगिता आयोजना हुन ५८ दिन बाँकी रहेको अवस्थामा नेपालले आफ्ना खेलाडीलाई स्वदेश तथा विदेशमा प्रशिक्षण गराउँदै आइरहेको छ ।

यसपटक नेपालले एसियाली खेलकुद प्रतियोगितामा २९ खेलमा भाग लिँदैछ ।

भाग लिन लागेका २९ खेलमध्ये बक्सिङ, तेक्वान्दो र कराँतेलाई पदक पाउने सम्भावना रहेको भन्दै पहिलो प्राथमिकतामा राखेर तयारी गरिरहेको छ ।

मन्त्री लिम्बूसँगै राष्ट्रिय खेलकुद परिषद्९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङले विभिन्न स्थानमा अभ्यास गरिरहेका एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गरेका हुन् । चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ ।

पौडी, बक्सिङ, तेक्वान्दो, कुस्ती, टेबलटेनिस, गल्फ, क्यानोइङ र फेन्सिङ गरी नौ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् ।

आगामी असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here