सुनको मूल्य १ लाख १३ हजार पुग्यो

42

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० र चाँदीको मूल्य १४ सय ७५ रुपैयाँ तोकिएको छ । सोमबार एक लाख १२ हजार६ सय रुपैयाँमा छापावाल, एक लाख १२ हजार ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, १४ सय ५० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here