एजेन्सी/चीनले चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरप्रति आफ्नो धारणा परिवर्तन गरेपछि उनीहरुलाई एउटा चिन्ताले दुखः दिइरहेको छ । जसबारे इकोनोमिक टाइम्सले जनाएको छ । गत महिना भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले जैश–ए–मोहम्मदको कुरा निकाल्दै यसको विरोध गरेको थियो । सुरक्षा परिषद्ले जैश–ए–मोहम्मदको सिधा नाम लिएपछि चीनमाथि निकै दबाब परेको थियो किनभने सुरक्षा परिषद्को स्थायी सदस्य भएपनि उनीहरु मसूद अजहरलाई अन्तर्राष्ट्रिय चरमपन्थी मान्न तयार थिएनन् । भारतले मसूदलाई अन्तर्राष्ट्रिय चरमपन्थी घोषणा गराउनका लागि थुप्रै कोसिस गर्यो तर चीनले हरेक पटक यसलाई भिटो गरिदियो । यसपटक सुरक्षा परिषद्ले सिधा रुपमा जैशको नाम लिएता पनि चीनले आपत्ति जनाउन सकेन । घटनाक्रमपछि अब जैशले पाकिस्तान प्रशासित काश्मिरबाट जाने चीन–पाकिस्तनानको आर्थिक करिडोर (सिपीइसी) लाई निशाना बनाउन सक्छ भनेर चीन डराइरहेको छ ।


















