नेपाल सुपर लिग मंसिर ९ देखि पुस २१ गतेसम्म हुने

40

ललितपुर । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको अक्सन फेरि हुने भएको छ । यसअघि नै अक्सन सम्पन्न गरिएको अवस्थामा प्रतियोगितानै स्थगित भएको थियो ।

मंसिर ९ देखि पुस २१ गतेसम्मका लागि आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले एनएसएल खेल्ने १० टिमसँग गरेको छलफलमा खेलाडी अक्सन गर्ने सहमति भएको हो । पहिला अक्सनबाट टिम छनोट गरे पनि अधिकांश नेपाली खेलाडीहरु विदेश पलाएन भएका छन् भने अन्तर्राष्ट्रिय खेलाडीहरुको पनि सेड्युल मिलाउनु पर्ने हुन्छ ।

दोस्रो संस्करणको एनएसएलको तयारीबारे आज पहिलो पटक छलफल हुँदै
एनएसएलको मिति घोषणा गरेपछि पहिलो पटक आयोजक र सहभागी टिमहरुबीच बैठक भएको हो । छलफलमा अक्टुबरको पहिलो साता खेलाडी अक्सन गर्ने र ५–६ जना विदेशी खेलाडी राख्न पाइने सहमति भएको छ । प्रतियोगिता खेल्ने १० टिम भए पनि आजको छलफलमा सबै भने सहभागि नभएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here