कपनमा घरटहरा भत्काउन खाेज्दा स्थानीय आन्दोलित

45

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको  कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपछि स्थानीयले विरोध गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।

स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । ‘खहरे खोला खोलेर, छेउमा ढल बनाउनको लागि काठमाडौं महानगरले तयारीसहित अगाडि बढे पनि बूढानीलकण्ठ नगरपालिकाले सहमति नदिंदा डोजर चलेको छैन,’ थापाले भने ।

बूढानीलकण्ठ नगरपालिकाका  स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।

काठमाडौं ७ नम्बर वडाका स्थानीयवासीले भने बूढानीलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here