काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ कायम भएको छ ।


















