गठबन्धन सरकारलाई आतंकारी भनेपछि

43

काठमाडाैं । केही दिनअघि पक्राउ परेर रिहा भएका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गठबन्धन सरकारलाई आतंकारी भनेपछि नेकपा माओवादी केन्द्रका सांसदहरु आक्रोशित भएका छन्।

सोमबार विशेष समय लिएर बोल्ने क्रममा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले आतंककारीको नेतृत्व गरेको कडा आरोप लगाएपछि माओवादी सांसदहरु आक्रोशित भएका हुन्।

शर्माले सुन तस्करीबारे बोलेकै कारण आफूलाई बिनाकारण गिरफ्तार गरिएको भन्दै देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरेको तिखो टिप्पणी गरेका थिए।

उनले आतंककारीहरुको सरकारले प्रजातान्त्रिक मूल्य मान्यता पनि लत्याउँदै बोलेकै कारण आफूलाई थुनेको भन्दै माओवादीको कडा आलोचना गरेका हुन्।

त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शर्माले प्रधानमन्त्रीलाई आतंककारी भनेकोमा गम्भीर आपत्ति जनाए। पाण्डेले शर्माको भनाइ रेकर्डबाट हटाउन र उनलाई कारबाही गर्न पनि माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here