नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा पुग्याे

47

काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ६.२९ अंकले घटेर ३९१.८४ विन्दुमा अडिएको छ। सोमबार ३.६१ अंकले घटेर नेप्से परिसूचक २०७७.२४ विन्दुमा पुगेको थियो।  सो दिन २ अर्ब ९ करोड १३ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

त्यसअघि आइतबार भने परिसूचक १४ अंकले बढेको थियो। आइतबार ३ अर्ब १ करोड ८४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६८ रुपैयाँको सेयर कारोबार भयो।

आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएन। हिमालयन डिस्टिलरीको सेयर मूल्य ७.६९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी शीर्षस्थानम रह्यो।

शिवम् सिमेन्टको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। शिवम् सिमेन्टको १८ करोड र सोल्टी होटलको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

आज म्युचुअल फण्डबाहेक अन्य उपसमूहको सूचक घटेको हो। म्युचुअल फण्डको सेयर मूल्य २८.९० प्रतिशतले बढ्यो। यसदिन २०१ कम्पनीको मूल्य घट्दा २० को मात्रै बढ्यो। ४ को मूल्य स्थिर रह्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here