काठमाडाैं । पछिल्लो समय युट्युबमा थुप्रै शोहरु आउने गरेका छन् । एउटा प्ल्याट्फर्मको रूपमा स्थापित गरिएका कति शो हरू हिट छन् भने कति फ्लप । अझै पछिल्लो समय डेटिङ शोहरु पनि युट्युबमा आउने गरेका छन् ।
युवा वर्गलाई लक्षित गर्दै रमाइलोको रूपमा निकालिएका शो हरू युवावर्गहरु बिच लोकप्रिय बन्दै गइरहेको छ । कुरा गरौँ हालै युट्युबमा सार्वजनिक भएको डेटिङ सो `अन-म्याच´ को बारेमा । केही दिन अघि मात्र सार्वजनिक गरिएको उक्त शो अहिले दर्शक माझ लोकप्रिय बनेको छ ।
अश्लील शब्द प्रयोग बिना नै दर्शकलाई मनोरञ्जन दिने उदस्यका साथ उक्त शो निर्माण गरेको शो टिमको भनाइ छ । साथै , यस अघि पनि थुप्रै शोहरु आएको तर एकदमै अश्लील शब्द प्रयोग गरी परिवार सँग बसेर हेर्न नसकिने भएकोले उक्त शोहरुलाई चुनौती दिँदै राम्रा शब्द प्रयोग गरेर पनि शो बनाउन सकिने भएकोले यस शोको निर्माण गरेको अन- म्याच टिमले बताएका छन् । हरेक हप्ताको शुक्रवार ७ बजे आफ्नै युट्युब च्यानल `अन-म्याच´ मार्फत शो प्रसारण हुने छ ।


















