कागेश्वोरी मनोहरा एक वडामा वर पिपल वृहत बृक्षाराेपन सम्पन्न

86

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन नेपाल राष्ट्रिय  भुतपुर्व सैनिक तथा प्रहरी संगठन कागेश्वोरी मनोहरा १ नम्बर वडा कमिटीको ब्यवस्थापनको आयोजनमा आज वर पिपल उद्घयानको मन्चमा बृक्षारोपन सम्पन्न भयो।

कार्यक्रममा  वर, पिपल, अम्बा, जकरण्दा, कपुर लगायत करिब २५० को हाराहारीमा बृक्षारोपन  भयो ।

उक्त कार्यक्रममा  संगठनका संगठनका उपाध्यक्ष रबिन्द्र पण्डित, रामेश्वर फुयाल नेकपा एमाले पोलिटब्यूरो सदस्य
कृष्ण बहादुर राई नेकपा एमाले पोलिटब्यूरो सदस्य, विभिन्न जनबर्गिय संगठनका ब्यक्तित्व तथा स्थानीय जनताको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रामेश्वर फुयाल नेकपा एमाले पोलिटब्यूरो सदस्यले ‘अब छोरा र छारी बराबरीको नेपाल, गाउँ र शहर सुविधा सम्पन्न बनाई शारीरिक श्रम र मानसिक श्रम बराबरीको नेपाल, प्राबिधिक शिक्षा र सीप शिक्षालाई संंगै जोडेर बेरोजगार निवारण गरि सुशासन, भ्रस्टाचाररहित नेपाल बनाउनु पर्ने जनाए ।

उनले अहिले देशमा भ्रष्टाचारका ठू—ठूला घटनाहरु भैरहेको छ । त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलमै १०० किलो सुन गायब बनाउने जस्ता सुन काण्ड घटनामा गृह मन्त्रालयले छोड्ने, अर्थ मन्त्रालयले समात्ने भइरहेकाले यस्ता सेतिङ्गका धेरै भ्रष्टाचारका घटनाहरुलाई त्यतिकै छाड्ने गलत कार्यले जनतामा निराशामा परिणत भइरहेकाले नेकपा एमालेले संसदमा  उच्च स्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने विषयमा आवाज उठाएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here