आईएमई लाइफद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

74

झापा । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार देशका प्रमुख स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनी स्थापना भएको छैटौं वर्ष सफलतापूर्वक पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

झापाको बिर्तामोडमा पनि कम्पनीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा ३२ जनाले रगत दान गरेका थिए । रक्तदान कार्यक्रम गर्न अघि प्रभातफेरिको आयोजना गरिएको थियो ।

मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागी भएका थिए ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

२०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here