भुमि अघिकार तथा श्रमिक संगठनको बैठक सम्पन्न

100

काठमाडाैं । भुमि  अघिकार तथा श्रमिक संगठन काठमाडौं महानगरपालिका कमिटीको दाेस्राे बैठक गणेश श्रेष्ठको अध्यक्षतामा महानगर कार्यालय पुतलीसडकमा भाद्र ५ गते मंगलबार बसेकाे छ ।

साे बैठकमा नेकपा (एमाले) पोलितब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज रामेश्वर फुयालले चराको पनि गुँड हुन्छ भने मानिसको आवाजको अधिकार संविधानमै ग्यारेन्टी गरेकाे धारणा राखे । उनले देशमा अहिले भ्रष्ट्राचारले ब्याप्त  रहेकाेले उच्च स्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्ने जनाए ।

अहिले आँखा पाक्ने रोग, डेङ्गु रोगको पनि रोकथाम, नियन्त्रण र उपचारमा राज्यले जिम्मा नलिएकाे जनाए ।  तीनै तहका सरकार उदासीन छ भने लम्पी स्किन रोगले देशको अर्थतन्त्र तबाह बनाएकाे छ । मंहगी बृद्धि,  बेरोजगारलाई समाधान देश भक्त राष्ट्रवादी शक्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बाहेक अरुले विकल्प नरहेकाले संगठनलाई ब्यवस्थित गर्नुपनेमा जाेड दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here