क्युवाका ५८ वर्षीय पार्कर ७ महिनामै स्टार बने

75

एजेन्सी । क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन्।

पार्कर खेल सन् १९८० मा फ्रान्सबाट सुरु भएको थियो। खेलमा आफ्नो कलामार्फत् प्राकृतिक वातावरणीय अवरोध पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा सर्नुपर्ने हुन्छ।

सुरुमा आफू धेरै वृद्ध भइसकेकाले नसकिने हो कि भन्ने सोच आए पनि अभ्यास गर्दै गएपछि सहज बन्दै गएको उनले बताए।

उनले उमेर मुख्य बाधक बन्न नसक्ने भन्दै आफूलाई आत्मबलले भरिपूर्ण गर्ने हो भने खेलबाट स्वस्थ जीवन जीउन सकिने बताए।

उनको शारीरिक स्वस्थतासँग अहिले देश तथा विदेशका धेरै जना लोभिएका छन्। ७ महिनाअघि मात्र भिडियो हेरेर र पढेर उनी पार्करमा लागेका थिए।

उनले आफ्ना भिडियो सामाजिक सञ्जालमा पनि राख्ने गर्छन्।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here