सार्वजानिक यातायात सञ्चालन गर्दै उदयपुरको ताप्ली गाउँपालिका

28

कटारी । उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजनिक यातायात सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि गाउँपालिकाले बस खरिदसमेत गरेको छ।

सो सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रूपाटारसम्म आवतजावत गर्न सेवा दिने छ।

गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको बताए।

‘पहाडी पालिका रहेकाले केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ। यसको समाधानका लागि यातायात सञ्चालनमा ल्याएका हौं’,उनले भने।

गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको छ।

अध्यक्ष विश्कर्माले कृषि एम्बुलेन्सले कृषकहरूद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पुर्‍याइदिने गरेको बताए।

गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उनको भनाइ थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here