नेविसंघले शुल्क वृद्धिको विरोधमा शवयात्रा निकाले

42

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले शवयात्रा निकालेको छ।

नेविसंघले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा मंगलबार बिहान पुल्चोकदेखि माइतीघर मण्डलासम्म शवयात्रा निकालेकाे हाे।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकाल्ने बताइए पनि प्रहरीले माइतीघरबाट अगाडि बढ्न राेकेकाे थियाे।

सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने जनाएकाे छ।

शवयात्रामा आठ दिनदेखि आमरण अनशनमा रहेका नेविसंघका नेता सुलभ चापागाईंको जीवनरक्षाको पनि माग गरिएकाे छ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको फिर्ता, इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यायलको इन्जिनियरिङ शिक्षामा मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषण गर्नुपर्नेजस्ता माग नेविसंघले राख्दै प्रदर्शन गर्दै आइरहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here