सेयर कारोवारमा गिरावट

39

काठमाडौं ।  सेयर बजारको सुस्त चालले कारोवारको चौथो दिन वुधबार पनि निरन्तरता पाएको छ ।

यस दिन नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ अंकमा अडिएको छ। १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

नेप्सेमा १३ उपसूचक मध्ये व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट भएको छ।

यसदिन २७६ कम्पनीको ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र लक्ष्मी सनराइज बैंक रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here