शेयर बजार आईतवारमात्रै सञ्चालनमा आउने

40

काठमाडौं । शेयर बजार तीन दिनका लागि  बन्द रहने भएको छ । अब लगातार तीन दिनसम्म शेयर कारोबार नहुने भएपछि आइतबार मात्र कारोबार गर्न सकिने भएको हो ।

बिहीबार जनै पूर्णिमा तथा रक्षा बन्धनमा संघीय सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । सार्वजनिक विदाका कारण आज बजार बन्द हुने भएपछि अब साताको पहिलो दिन मात्र कारोबार हुने भएको हो ।

यसैगरी, काठमाडौं महानगरपालिकाले शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ । काठमाडौंभित्र मात्र विदा लागु हुने भएको हो ।तसर्थ शेयर बजार आईतवारबाट मात्रै संचालनमा आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here