सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन प्रधानमन्त्रीलाई माकुनेकाे आग्रह

9
??????? ?? ??? ? ???????? ?????? ??????????? ????????? ????????????? ??????? ?????? ?????? ?????? ??????? ?????????? ????? ?????????? ?????? (?????? ????????)?? ??????? ???? ????? ????????????? ????????? ????? ? ?????? : ????? ??????/????

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् ।

समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेपालले कुनै पनि शक्तिले प्रचण्डको सरकार ढाल्न नसक्ने बताए ।

समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपालले सरकारले सही काम गरिरहेको पनि बताए । ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस् ’ उनले भने, ‘कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here