नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत

25

काठमाडाैं । एसिया कप-२०२३ खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

नेपाली टिमलाई बाजागाजासहित स्वागत गरिएको हो। नेपालले एसिया कप २०२३ मा विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेलेको थियो। समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानसँग उसकै मैदानमा मुल्तानमा र भारतसँग श्रीलंकामा प्रतिस्पर्धा गरेको थियो। यद्यपी नेपाल दुवै खेलमा पराजित भएको थियो।

समूह चरणबाटै बाहिरिए पनि नेपाली टिमले भारतसँग निडर ब्याटिङ गरेको थियो। नेपाली टिमले गरेको ब्याटिङका कारण अहिले प्रशंसा भइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलो पटक खेल्ने अवसर पाएको हो। तस्बिरहरूः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here