राष्ट्रियसभा बैठक स्थगित

31

काठमाडाैं । यही भदौ २४ गते आइतवार बिहान ११ बजेका लागि तय भएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेका सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here