काठमाडौं । अन्तर्राष्ट्रिय हाइ ब्रिज—२०२३ खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
बिहीबार चीनको दक्षिण पश्चिमी गुइझाउ प्रान्तमा प्रतियोगिता सम्पन्न भएको हो ।
इटाली, फ्रान्स, क्यानडा र संयुक्त राज्य अमेरिका लगायत ११ देशका २० खेलाडीले बेइपान्जियाङ पुलबाट बेस जम्पिङ गरेका थिए ।
उपत्यकाभन्दा ५६५ मिटर भन्दा माथि रहेको यो पुललाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै अग्लो पुलको मान्यता दिएको छ । एक प्रतियोगीले आफूहरू अहिलेसम्म ६ पटक चीन गएको र बेस जम्पिङ गरेको भने पहिलो पटक रहेको बताए ।
त्यस्तै बेलायतका एथ्लेटिक बेन्जामिन एलेन गिन्गोल्डले बेस जम्पिङ गरेको १० औँ वर्ष भएको बताए । आफूले हजार बढी जम्प र स्काइड्राइभिङ गरिसकेको बताए ।
पहाडहरूले छेकेको स्थानमा गुइझोउले ३० हजार बढी पुल निर्माण गरिसकेको छ । अहिले विश्वका सय अग्लो पुलमध्ये झन्डै आधा सो क्षेत्रमा पर्छन् ।


















