काठमाडौं । नेपालभाषाकाे माया प्रेमले भरिएकाे हाँस्य म्यूजिक जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
साे म्यूजिक भिडियाेकाे निर्माता एवम् लेखन तीर्थमान महर्जनकाे रहेकाे छ भने शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा तथा फोटोग्राफर राजेन्द्र डंगोलले छायांकन गरेका छन् ।
साे म्यूजिक भिडियोमा शिव शाही, मनिक शाही र इलिसा महर्जनको स्वर दिएका छन् भने नेपालभाषाका चर्चित कलाकारहरू राजु महर्जन (ह्वान्ताचा ), राजी किपू, रेश्मा महर्जन सिजन शाक्य र इलिसा महर्जनको अभिनय गरेका छन् ।
साे भिडियोको कोरियोग्राफी स्वयम् कलाकार राजी किपू र मेकअप सनम कुमार श्रेष्ठ रहेको छ ।


















