वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री

30

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ ।

आज (सोमबार) विराटनगर आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै सो टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि यहाँ आइपुग्नुभएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा सो सभाको आयोजना गरिएको छ ।

सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्नुहुने कार्यक्रम छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here