आगोमा जलेर एक जना बालकको ज्यान गयाे

48

काठमाडाैं । सिन्धुलीमा आगोले जलेर आज साेमवार एक जना बालकको ज्यान गएको छ ।

मरिण गाउँपालिका–३ वरुणका दूधराज मोक्तानका तीन वर्षका छोरा मनिषको घरकै अगेनाको आगोमा जलेर ज्यान गएको प्रहरीले जनाएको छ । अपाङ्गता भएका बालकलाई झोलुङ्गोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका थिए । कोही नभएको समयमा बालक झोलुङ्गोबाट झरेर केही परको अगेनोमा गएकोमा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here