आजदेखि विराटनगरका केही क्षेत्रमा २ महिनासम्मको लागि निषेधाज्ञा जारी

47

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले आजदेखि विराटनगरका केही क्षेत्रमा २ महिनासम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै सभा जुलुस गर्न नपाइने गरी विराटनगरका केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका हुन् ।

विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखेर विरोध, धर्ना, जुलुस आयोजना गर्न नपाइनेगरि आज असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।

प्रदेशसभा बैठक कक्षबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here