सिरहा । बिष्णुपुर गाउँपालिका-१ बिष्णुपुर चोकस्थित सोही गाउँपालिका-५ लक्ष्मीपुर बस्ने चन्देश्वर महतोको कपडा पसलमा करेन्ट सर्ट भई बिहीबार राति अचानक आगलागी हुँदा विभिन्न किसिमका कपडाहरू पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलगी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















