कोलप्सीफेदीबाट ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ सुरू

77

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं कोलप्सीफेदीबाट ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ सुरू गरेकाे छ । बिहिबार उक्त मार्चपास अभियानकाे उद्घाटन गर्दै नेकपाका स्थायी समिति सदस्य शिलु सी ले एमसीसी कार्यान्वयन हुन नदिने उद्घोष गर्दै लप्सीफेदीका जनताले कुनैपनि हालतमा एमसीसी कार्यान्वयन हुन नदिने बताइन । उनले जनतासँग नेकपा जाेडिएकाले एमसीसीलाई लप्सीफेदीबाटै विदाई गर्नुपर्ने बताउदै भनिन -‘हाम्राे पार्टी विकास विराेधी पार्टी हाेइन, लप्सीफेदीका जनता पनि विकास विराेधी हाेइनन् । विकासमा नाममा साम्राज्यवादले नेपालकाे सार्वभौमसत्तामाथि हस्ताक्षेप गर्न खाेज्छ भने नेपाललाई सैन्य अखडा बनाउन खाेज्छ भने त्यसकाे हामी प्रतिकार गर्छाैं ।’

उक्त मार्चपास अभियानमा काठमाडौंकाे गाैशालाबाट मोटरसाइकल र्यालीसहित लप्सीफेदी पुगेकाे नेकपाका नेता, कार्यकर्ता र जनताकाे ठूलाे संख्याले मार्चपास गरेकाे थियाे । मार्चपास गर्दै आएका नेता, कार्यकर्तालाई स्थानीय जनताले भव्य स्वागत गरेका थिए ।जनसाँस्कृतिक महासंघकाे आयाेजनामा भएकाे मार्चपासमा नेकपा स्थायी समिति सदस्य सुशील सीकाे समेत सहभागिता रहेकाे थियाे । मार्चपासपछि आयाेजना गरिएकाे विराेध सभाकाे अध्यक्षता माइला सीले गरेका थिए भने शिलुले सभाकाे प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

कार्यक्रममा सुशील सीले पनि सम्बाेधन गरेका थिए । माइला सीकाे अध्यक्षता रहेकाे कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सामना सांस्कृतिक परिवारका आराेहले संचालन गरेका थिए । कार्यक्रममा नेकपा पाेलिट व्युराे सदस्य तथा उपत्यका व्युराे इन्चार्ज कृति सी, केन्द्रीय सदस्यहरू भृकुटी सी, प्रकाश सी, अर्जुन सी, विपिन सी, जीवन्त सी, अखिल सीकाे उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here