कपडा पसलमा आगलागी हुँदा एक करोडको धनमाल जलेर नष्ट

62

सिरहा । बिष्णुपुर गाउँपालिका-१ बिष्णुपुर चोकस्थित सोही गाउँपालिका-५ लक्ष्मीपुर बस्ने चन्देश्वर महतोको कपडा पसलमा करेन्ट सर्ट भई बिहीबार राति अचानक आगलागी हुँदा विभिन्न किसिमका कपडाहरू पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलगी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here