चौधरीको सपथग्रहण गराएर ढिलै भएपनि सरकारले जनमतको सम्मान गरेको छ : महतो

195

काठमाडौं  / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजन्द्र महतोले सरकारले जनताको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा चौधरीको सपथग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले रेशम चौधरीको सपथग्रहण गराएर लोकतन्त्रमा जनताको अभिमतको सम्मान गर्ने काम भएको जनाए  ।

चौधरीलाई  निर्वाचनको १३ महिना पुगिसक्दा पनि सपथ नगराएर लोकतन्त्रलाई धब्बा लगाउने र जनताको अभिमतलाई इन्कार गर्ने काम भएकोमा सरकारले ढिलै भएपनि जनमतको कदर गर्ने काम गरेकाले सपथलाई राम्रो सुरुवातको रुपमा आफुहरुले लिएको प्रतिक्रिया उनले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here