चाड पर्वको अवसरमा सुजुकीले ल्यायो आकर्षक स्किम

76
काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि आधाकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबाइल्स प्रालिले ग्राहकवर्गका लागि मोटरसाइल तथा स्कुटरको खरिदमा  दसैं ,तिहार तथा छठ पर्वको अवसरमा ‘बाडौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ।

यो योजनाअनुसार प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा  १० हजार रुपैयाँ पक्का छुट पाइनेछ। कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार थप मुल्याङ्गकन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार स्किमअन्तरगत हरेक १५ दिनमा लक्की ड्रमार्फत् बम्परमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकलाई उपलब्ध गराइनेछ।

BS6 इन्जिनका साथै SEP Technology, Power, Style, Comfort, ५ वर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहकवर्गको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here