पुरुष ५१ केजीमुनि तौल समूह अन्तर्गत अन्तिम १६ को खेलमा रविन उत्तर कोरियाली खेलाडी चोनयोङ सोसँग ५–० ले पराजित हुनुभयो । अन्तिम ३२ मा इन्डोनेसियाका खेलाडीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाउनुभएका रबिन अन्तिम १६ बाट भने अघि बढ्न सक्नुभएन ।
फेन्सिङ पुरुष र महिला टिममा पराजित
१९औं एसियाड अन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भयो । पुरुष साब्रे टिम कजाखस्तानसँग ४५–१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५–१० ले पराजित हुँदै बाहिरियो ।
अनुशिया तन्डुकार हिटबाटै बाहिर
१९औं एसियाड अन्तर्गत पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिनुभयो । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उहाँले २९.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्नुभएको थियो ।
हिट १ बाट प्रतिस्पर्धा गर्नुभएकी अनुशिया आप्नो हिटमा तेस्रो स्थानमा रहेपनि अघिल्लो चरणमा पुग्न सक्नुभएन । उहाँ समग्रमा २६औं स्थानमा रहनुभयो ।
टेबल टेनिसमा नविता र सिख्खाको हार
१९औं एसियाड अन्तर्गत टेबल टेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित हुनुभएको छ ।
नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४–० ले पराजित हुनुभयो । मनिकाले नवितालाई ११–५, ११–४, ११–३, ११–२ ले पछि पार्नुभएको हो ।
यस्तै महिला सिंगल्समै अन्तिम ३२ को खेलमा नेपालकी सिक्का सुवाल जापानकी मिउ हिरानोसँग ४–० ले नै पराजित हुनुभयो । मिउ हिरानोले सिक्कालाई ११–५, ११–४, ११–३, ११–२ ले पराजित गर्नुभयो ।
महिला डबल्समा नविता र सिक्काकै जोडी पराजित हुनुभयो । यो जोडी चीनका मेङ चेन र यिदी वाङको जोडीसँग ४–० ले पराजित हुनुभयो । उक्त खेल चिनियाँ जोडी ११–३, ११–४, ११–१ ले पराजित हुनुभयो ।


















