इन्द्रजात्राकाे अवसरमा राष्ट्रपति पौडेल वसन्तपुर हिँडेर जाने तयारीमा

46

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ ।

आज (बिहीबार) दिउँसो वसन्तपुरमा आयोजना हुने विशेष समारोहमा जुद्ध सालिकबाटै हिँडेर जाने तयारीमा राष्ट्रपति रहे पनि सुरक्षा निकायले भने अझै स्वीकृति जनाई नसकेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

जुद्ध सालिकबाट वसन्तपुर–हनुमानढोका क्षेत्रमा सार्वजनिक सवारीसाधन लैजान सामान्यतया रोक लगाइएको छ । यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here