आज (आईतबार) बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले उच्च अदालतका पूर्वन्याधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका अन्य सदस्यहरुमा पूर्वएआईजी सहकुल थापा, गृहमन्त्रालयका प्रेमराज जोशी र अर्थमन्त्रालयका किशोरजंग कार्की रहेका छन् ।


















