सुनको मूल्य लगातार ओरालो

69
काठमाडाैं ।  नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम रहेको छ भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार मात्रै तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here