अर्थमन्त्री प्रकाशशरण महत एमसिए प्रमुख भेट्न पुगे होटेल बसेरा

31

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटलाई भेट्न अर्थमन्त्री प्रकाशशरण महत एक होटलमा पुगेका छन्।

अर्थमन्त्रालयको कार्यालयसहित रहेको सिंहदरबारको निकट होटल बसेरामा अर्थमन्त्री महत पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।

पाँच सय करोड अमेरिकी डलर अनुदान बराबरको एमसिसी नेपाल कम्प्याक्ट संघीय संसदबाट अनुमोदन भइ गत महिना उक्त एमसिसी सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेपछि एमसिसी प्रमुख नेपाल आएकी हुन्।

उनले मंगबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र हिजो सोमबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनीहरूको निवासमा पुगि भेटवार्ता गरेकी थिइन्।

तर, डा.महत भने उनलाई भेट्न बसेरा होटलमा पुगेका हुन्। अर्थमन्त्रालय स्रोतका अनुसार बसेरामा अलब्राइटको तर्फबाट दिवाभोजको आयोजना गरिएकोले अर्थमन्त्री महत त्यहाँ पुगेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here