काठमाडौं । भारतको दिल्ली प्रहरीले मंगलबार बिहान समाचार वेबसाइट न्युजक्लिकसँग सम्बन्धित धेरै पत्रकारको घरमा छापा मारेको छ।
प्रेस क्लब अफ इन्डियाले भनेको छ, ‘पत्रकार र न्युजक्लिकसँग सम्बन्धित व्यक्तिहरूको घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक छ। यस विषयमा हामीले निगरानी राखेका छौँ। हामी पत्रकारको साथमा छौँ र थप जानकारी उपलब्ध गराउन सरकारसँग माग गर्दछौँ।’
यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको भने छैन। दिल्ली प्रहरीको जवाफ पर्खिरहेको बीबीसी हिन्दीले जनाएको छ।
पत्रकार अभिसार शर्माले ट्विट गर्दै भनेका छन्, ‘दिल्ली पुलिस मेरो घरमा पुगेको छ। प्रहरीले मेरो ल्यापटप र फोन खोसेको छ।’


















