रजनीकान्तको नयाँ चलचित्र लाल सलाम’ काे पाेष्टर सार्वजनिक

46

काठमाडाैं । भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर’ हालै प्रदर्शन भएको थियो।

चलचित्रले भारतीय बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखेको थियो। विश्वभरबाट ६५० करोड भारू कमाउँदै सर्वाधिक कमाइ गर्ने दोस्रो तमिल चलचित्र बनेको छ। यसअघि सन् २०१८ मा रिलिज भएको चलचित्र ‘२.०’ ले विश्वव्यापी रूपमा ७२३ करोड ३० लाख भारू कमाएको थियो।

‘जेलर’ ले बक्स अफिसमा सफल व्यापार गरेसँगै रजनीकान्तको आगामी चलचित्र कुन हुन्छ भनेर चर्चा चल्न थालेको छ। यसैबीच आइतबार रजनीकान्तको नयाँ चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ। उनी फिल्म ‘लाल सलाम’ मा देखिने भएका छन्।

यो चलचित्र सन् २०२४ मा प्रदर्शन हुने बताएको छ। चलचित्रलाई रजनीकान्तकी छोरी ऐश्वर्याले निर्देशन गर्नेछिन्।

लाइका प्रोडक्सनले पोस्टर सार्वजनिक गर्दै लेखेको छ, ‘लाल सलाम २०२४ मा प्रदर्शन हुनेछ। यो चलचित्र तमिल स्पोर्ट ड्रामा हो। फिल्ममा विष्णु विशाल र विक्रान्तको मुख्य भूमिका रहनेछ।’

नेल्सन दिलीपकुमारले निर्देशन गरेको चलचित्र ‘जेलर’ मा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ। यो फिल्म अगस्ट १० देखि प्रदर्शन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here