काठमाडौं । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।
नोबेल पुरस्कार समितिले बुधबार वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको हो।
उनीहरू तीन जनाले धेरै चम्किलो रंगिन प्रकाश उत्सर्जन गर्ने साना कणमा अनुसन्धान गरेका थिए। क्वान्टम डट्स टेलिभिजन, एलइडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुने गरेको छ ।


















