नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा

31

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले शुक्रबार यसको घोषणा गरेको हो।

महिला उत्पीडनविरूद्ध काम गरेको र महिला स्वतन्त्रता रक्षाबारे योगदान गरेको भन्‍दै नोबल कमिटीले उनलाई विश्वकै सर्वोच्च सम्मानबाट सुशोभित गर्ने निर्णय गरेको हो।

५१ वर्षीय मोहमदीलाई ३१ वर्ष जेल सजाय तथा १५४ कोर्रा सजाय सुनाइएको छ। उनी अहिले इरानको राजधानी तेहरानको एक जेलमा छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here