सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार

61

काठमाडौं । स्याहार केन्द्रमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिएका छन् ।

श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको छनोट भएर उडान तालिका रहेका २४ कामदारहरु रोकिएको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको छ ।

भिसा प्राप्त गरिसकेका २४ जना सहायक कामदारहरूको उडान तालिका २४ असोज, १ बजे तय भएकोमा रद्द भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

‘इजरायलको हालको संकटपूर्ण अवस्थामा उडान तालिका बमोजिम उडान प्रतिक्षामा रहेका कामदारहरूलाई इजरायलको यात्रा नगर्न एवम् इजरायको शान्ति सु–व्यवस्था सामान्य भएपश्चात वैदेशिक रोजगार सम्बन्धी थप कारवाही अगाडि बढाउने निर्णय भएको छ,’ मन्त्रालयका शाखा अधिकृत धनञ्जयकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इजरायल जान रोकिएका कामदारको सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here