इजरायल युद्धको अवस्था संवेदनशील भएकाले जानकारी दिँदा राम्रो : प्रकाशमान

42

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछिको इजरायलको अवस्थाबारे जनतालाई छिटो छिटो जानकारी दिनुपर्ने बताएका छन् ।

साथै उनले अनलाइनको पहुँचमा नभएकाहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै नेता सिंहले भने, ‘इजरायल युद्धको अवस्था संवेदनशील भएकाले सरकारको तर्फबाट टाइम टु टाइम जनतालाई जानकारी दिँदा राम्रो हुन्छ ।’

हमासले गत शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ । केही घाइते र केही सम्पर्कविहीन छन् । उनीहरुको अवस्थाबारे जानकारी नपाएको गुनासो आफन्तहरुले गरेकाले सरकारले छिटो–छिटो जानकारी दिनुपर्ने नेता प्रकाशमानको भनाइ छ ।

उनले दिवंगत नेपालीहरुको शव छिटो नेपाल ल्याउनुपर्ने, घाइतेहरुको अवस्था र वेपत्ताको खोजीमा भइरहेको प्रगतिबारे परिवारका सदस्यलाई जानकारी दिनुपर्ने प्रकाशमानले बताए ।

सरकारले नेपालमा फर्किन चाहनेहरुका लागि इनलाइन रजिष्ट्रेसनको व्यवस्था गरे पनि अनलाइन नचलेको अवस्थामा र अनलाइनको पहुँच नभएकाहरुको हकमा के गर्ने भन्नेतर्फ पनि ध्यान दिन उनले सरकारलाई सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here