सुनको मूल्य आजपनि उकालो

42

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ।

लगातार दुई दिनदेखि उकालो लागेको सुनको मूल्यले आजपनि निरन्तरता पाएको हो। पछिल्लो तीन दिनमा सुनको भाउ १६ सय रुपैयाँले बढ्न पुगेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा तीन यस रुपैयाँले बढेको हो। सुनको मूल्य तीन सयले बढेर १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here