भाउजू ‘म मरे’ भनेर मेसेज गरेका थापा सधैंका लागि संसारबाट भए बिदा

47

डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ५ घर भएका पदमा थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका हुन थापा ।

एक महिना अगाडि मात्रै थापाका घरपरिवार,आफन्त साथीभाइ, इष्टमित्रहरूले इजरायल बसाइँ सुखद होस् सोचेका सपना पुरा होस् भनेर उनको फोटो राखेर शुभकामना दिनेको भिड थियोे । दैव दसा लागेपछि कसको के लाग्थ्यो र ? इजरायलमा पेलेस्टायनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परि सदाको लागि सुन्दर सपनालाई बुन्न नपाउँदै अस्ताए थापा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here