केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कोइरालाको संवादपछि उनीहरू अघि बढेको एक नेताले जानकारी दिए । उनका अनुसार प्रदेशमा एमालेको तर्फबाट पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संयोजन गरेका छन् ।
केन्द्रको सरकार परिवर्तनका लागि पनि होमवर्क भएको चर्चा सुरु भएको छ । एमालेका ती नेता केन्द्रको सरकार परिवर्तनका लागि गृृहकार्य भएको स्वीकार गर्छन् ।
एमालेका नेताहरू मध्यावधि रोक्नका लागि प्रयास गरिएको बताउँछन् ।
एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वसांसद विशाल भट्टराई केन्द्र सरकार परिवर्तनका लागि प्रेसर हुने बताउँछन् ।
“अहिले प्रदेशको समस्या हल गर्नका लागि समर्थन गरेका हौं । केन्द्रको सरकार नै त होइन । त्यसका लागि दबाब सिर्जना हुन्छ,” उनी भन्छन् ।
एमाले कोसीका अर्का नेता रेवतीरमण भण्डारीले अहिले समर्थन गरिएको भन्दै अरु कुरा हुँदै जाने बताए ।
“अहिले कोसीमा समर्थन गर्यौं । अरु कुरा हुँदै जान्छन्,” उनले भने ।
कोसीमा सत्ता गठबन्धनको तर्फबाट माओवादीका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । कोसीमा संविधानको धारा १६८ को धारा ५ अनुसार दाबी पेस गर्न भोलिसम्मको समय छ ।


















