देशमा भ्रष्टाचार, अराजकता व्याप्त

25

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम नागरिकको निरासालाई चिरोस् भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको जनाए।

उनले देशमा भ्रष्टाचार र अराजकता व्याप्त भएको जनाए। उनले जनतामा निरासा पैदा भएको जनाए। देशको विकास निर्माणको काम पनि ठप्प भएको जनाए। सांसद गौतमले सरकारको गति र मति यस्तै रहेमा देशमा लोकतन्त्र नरहने र संविधानमा संकट आउने उल्लेख गरे।

उनले भने, ‘भ्रष्टाचार व्याप्त छ। जताततै अराजकता छ। के भइरहेको छ, थाहा छैन। के गर्दै छौँ थाहा छैन। कसरी जाँदै छौँ थाहा छैन। यसले साह्रै ठूलो निरासा पैदा भएको छ। देशको विकास निर्माणको गति पनि ठप्प भएको छ। राष्ट्रिय गौरवका आयोजना अस्तव्यस्त परिस्थितिमा बसेका छन्। महँगी छ। सरकारलाई यी सबै कुराको हेक्का रहोस् भन्न चाहन्छु। यही गति र यही मतिमा हिँड्ने हो भने यो लोकतन्त्र पनि रहँदैन। संविधानमा पनि संकट आउँछ। देश ठूलो संकटमा फस्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here