भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक गोष्ठी सम्पन्न

92

पोखरा ।  भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था, कास्कीको आयोजनामा “भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका” विषयक गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रम २०८० आश्विन २७ गतेका दिन संस्थाका अध्यक्ष डोलराज पाण्डेको सभापतित्वमा सृजना सेकेण्डरी स्कुलको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कक्षा तीनमा पढ्ने सानी नानी पिन्सि ढकालले गरेकी थिइन् भने संस्थाका अध्यक्ष पाण्डेले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता तिलक पराजुलीले “हाम्रा राजनीतिक दल र भ्रष्टाचार” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा उनले हाम्रो राज्य–शासनमा राजनीतिक दलको महत्त्व, राजनीतिक दलमा भ्रष्टाचार मौलाउनुका कारण, राजनीतिक दलका नेताको भ्रष्ट प्रवृत्तिले सृजना गरेको दृष्परिणाम र यसबाट उम्किने उपायसँग सम्बन्धित विषयमा प्रकाश पारेका थिए । साथै उक्त कार्यक्रममा ‘भ्रष्टाचार न्यूनिकरण सम्बन्धी कानून, सवाल, अवस्था र सरोकारवालाको भूमिका’ विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका निमित्त कार्यालय प्रमुख सन्तोष तिमिल्सिनाले समेत कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मानव अधिकारवादी संघ संस्थाहरू, गैर सरकारी संस्था, शैक्षिक संस्थाहरू, पोखराका प्रबुद्ध विद्वत् वर्ग, नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रका पदाधिकारी लगायत प्रबुद्ध पत्रकारहरू, वार एसोसिएसनको नेतृत्व एवम् विद्वत वर्गहरू, उद्योग वाणिज्य संघ, विभिन्न आमा समूहहरू लगायत सय भन्दा बढी नागरिक संघ संस्थाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली काँगे्रस पार्टी, कास्कीका अध्यक्ष किशोरदत्त्त बराल, गण्डकी प्रदेश सभाका पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारी, नेकपा (एमाले), कास्कीका उपाध्यक्ष तेज नारायण अधिकारी, नेकपा (एकिकृत समाजवादी), कास्कीका अध्यक्ष खड्ग बहादुर हमालले पार्टीका तर्फबाट विषय केन्द्रित रही आ–आफ्ना धारणाहरू व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सहभागीका तर्फबाट शिव खकुरेल (इन्सेक कास्की), विष्णुहरी अधिकारी (नागरिक समाज), श्रीकान्त शर्मा खतिवडा (नेपाल मानव अधिकार संरक्षण मञ्च, केन्द्रिय सदस्य), विना सिलवाल (गैर स.स. महासंघ केन्द्रिय सदस्य), शिवलाल उपाध्याय (लाइन्स क्लब अफ पोखरा स्काई टाउन, अध्यक्ष), कमल पौडेल ‘अथक’ (पत्रकार महासंघ, कास्की), चक्रपाणी सुवेदी (मानव अधिकार संरक्षण मञ्च, कास्की), गिरधारी सुवेदी (कास्की अपाङ्ग संघठनका पदाधिकारी) लगायतले भ्रष्टाचार हुने क्षेत्र, कारण र न्यूनिकरणका उपायहरू सम्बन्धमा आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा उपप्रध्यापक एवम् अधिवक्ता गिरधारी सुवेदीले गोष्ठिको समग्र उपलब्धिको सार संक्षेप सहित निष्कर्ष सहितको प्रस्तुति दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष लक्की कार्कीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here