फिफा विश्वकप छनोटमा नेपाल र लाओसलाई दोस्रो चरणमा प्रवेश गर्न जित्नै पर्ने दबाव

62

काठमाडौं । फिफा विश्वकप २०२६ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपाल र लाओस दोस्रो लेगमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छन्। नेपालले आफ्नो घरेलु मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरी खेलेकाले दोस्रो चरण प्रवेशका लागि दुबै टिमलाई निर्विकल्प जित जरुरी छ।

नेपाललाई घरेलु दर्शकमाझ रोकेर उत्साही बनेको लाओस दोस्रो लेगमा जितसहित दोस्रो चरण प्रवेश गर्ने लक्ष्यमा छ। यद्यपि, घरेलु मैदानमा जितको खुसी दिन नसकेको नेपाली टोली जितसहित दसैं उपहार दिने लक्ष्यमा मैदान उत्रिने कप्तान किरण लिम्बुले बताउँछन्।

दोस्रो लेग अघिको प्रि–म्याच कन्फ्रेन्समा कप्तान किरणले भने, ‘यो खेल हाम्रा लागि निकै महत्वपूर्ण छ। हाम्रा लागि पछिल्लो खेल निकै निराशाजनक रह्यो। तर, यो पटक हामी राम्रो फुटबल खेल्न चाहन्छौँ,’ उनले थपे, ‘हामीले राम्रो तयारी गरिरहेका छौF र जित निकाल्दै अगाडि बढ्ने लक्ष्यमा रहेका छौँ। पहिलो खेलमा निकै गल्तीहरु भए, जसलाई कम गर्ने प्रयास गरेका छौँ। हामी दसैंको बेलामा समर्थकलाई जितको उपहार दिने लक्ष्यमा रहेका छौँ।’

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकपको दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘राम्रो तयारी गरेका छौँ। पहिलो लेगमा गरेको गल्तीलाई सुधार्दै दोस्रो चरण पुग्ने लक्ष्यमा रहेका छौँ। यो खेल नेपाल र मेरा लागि उत्तिकै महत्वपूर्ण छ। खेल कठिन हुनेछ। तर हामी त्यसका लागि तयार छौँ।’ उनले नेपाल जित्नका लागि आक्रमक फुटबल खेल्दै स्कोर गर्ने बताए। एनिसले भने, ‘हामी आक्रमक फुटबल खेल्ने छौँ।’

लाओसका प्रशिक्षक कन्लाया सिसोमवाङले नेपालसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने बताए। उनले पनि नेपालसँगको पहिलो लेगबाट धेरै कुराहरु सिकेको भन्दै घरेलु मैदानमा जित निकाल्दै दोस्रो चरण प्रवेश गर्ने बताए। ‘हामीले अघिल्लो खेलबाट धेरै सिकेका छौँ। हामीले आफ्ना कमजोरीहरुको विश्लेषण गरेका छौँ। हामी अझ राम्रो खेल्न प्रयास गर्दै अघि बढ्ने लक्ष्यमा रहेका छौँ,’ उनले भने।

लाओसका कप्तान किडाभोन सौभानीले जितका लागि टिम शतप्रतिशत तयार रहेको भन्दै सबैले कडा मिहिनेत गरेर नतिजा निकाल्ने बताए। उनले भने, ‘हामी भोलि शतप्रतिशत फुटबल खेल्ने छौँ। टोलीका सबै सदस्यहरु उत्साहित छन्। पहिलो खेलमा गरेका गल्तीहरुलाई सुधार गरिरहेका छौँ। जसको नतिजा हामी मैदानमा देखाउने छौँ।’ उनले घरेलु समर्थकलाई मैदानमा आएर हौसला बढाइदिन आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here